रास्वपा सांसद तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने कर कम्तीमा ५० प्रतिशत पुर्‍याउन सरकारसँग माग गरेकी छन् ।

उनका अनुसार हालको सामान्य कर वृद्धिले चुरोट तथा सुर्तीको प्रयोग घटाउन नसकेको भन्दै कडा कर नीति आवश्यक रहेको बताइन् ।

कार्कीले सुर्तीजन्य पदार्थका कारण क्यान्सरसहित विभिन्न गम्भीर रोग बढिरहेको र यसले राज्यको स्वास्थ्य खर्चसमेत बढाएको उल्लेख गरिन् ।