सरकारले बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरेको छ ।
भूमि मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो ।
समितिले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेछ । समितिमा विभिन्न मन्त्रालय र दुई प्रदेश सरकारका प्रतिनिधिहरू पनि सहभागी रहनेछन् ।