नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे मतभेद देखिएको छ ।
अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको संकेत गरे पनि सचिव महेश बस्नेतले ओलीको बचाउ गर्दै यस्तो बेला नेतृत्वमाथि प्रश्न उठाउनु गैरजिम्मेवार हुने बताएका छन् ।
बस्नेतले पार्टीमाथि सामाजिक सञ्जाल, विदेशी प्रभाव र राजनीतिक आक्रमण भएको दाबी गर्दै एमालेलाई डिजिटल रूपमा अझ बलियो बनाउनुपर्ने प्रस्ताव पनि राखेका छन् ।